उपाधि विजेता नेपाली किशोर क्रिकेट टिम आज स्वदेश फर्कदै


 


काठमाण्डौँ, बैशाख १६

थाइल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि लगातार दोस्रो पटक जित्न सफल नेपाली किशोर टिम आज स्वदेश फर्किदै छ ।

मलेसियालाई फाइनलमा ५९ रनले हराएको नेपाली किशोर टिम दिउसो दुई बजे नेपाल आइपुग्नेछ । अघिल्लो संस्करण सिंगापुरलाई हराएको नेपाल यो प्रतियोगितामा मलेसियालार्ई सिकार बनाएको थियो ।

प्रतियोगितामा एक्लो अपराजित टिम नेपालले समुह चरणमा मलेसियालाई ३९ तथा र म्यानमारलाई सात विकेटले हराएको थियो । थाइल्याण्ड विरुद्धको खेल भने बर्षाले विथोलिएको थियो ।

सेमिफाइनलमा नेपालले हङकङलाई चार विकेटले पाखा लगाउदा फाइनलमा फेरी मलेसियालाई नै आफ्नो सिकार बनायो । प्रतियोगिताको विजेता टिमलाई भब्य स्वागतको तयारी गरिएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्