आईपीएलमा सन्दिपको टिम दिल्लीलाई हराउँदै चेन्नाई शीर्ष स्थानमा


 


काठमाडौं । दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नाई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराती भएको खेलमा दिल्लीलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो । चेन्नईको मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर २ बलमा अलआउट हुँदै ९९ रन मात्रै जोड्न सक्यो ।

दिल्लीका कप्तान श्रेयस ऐयरले ४४ रन जोडे । दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ तथा रबिन्द्र जडेजाले ३ विकेट झारे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले सर्वाधिक ५९ रन जोडे ।

गएरातीका जितसंगै १३ खेलबाट १८ अंक जोडेको चेन्नाईको फाइनल क्वालिफायरमा पुग्ने संभावना बलियो भएको छ । पराजित टोली दिल्ली पनि १६ अंकका साथ प्ले–अफमा पुगिसकेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्