भोजपुर-काठमाडौं सम्पर्क मन्चकाे बनभाेज कार्यक्रम


 


12825565_10207738700958892_1266078761_nकाठमाडाैं, चैत्र १

नेकपा (एमाले) भोजपुर-काठमाडौं संपर्क मन्चले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको श्वेत बाराही मन्दिर परिसरमा संचालित बनभोजका प्रमुख अतिथी नेकपा एमालेका स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्मा हुनुहुन्थ्यो। भोजपुरबाट काठमाडौं आई बिभिन्न पेशा ब्यवसाय गरी बस्ने भोजपुरेबिच भातृत्व, एकता र भाईचारा स्थापना गर्ने उद्धेश्यले आयोजित बनभोजमा संक्षिप्त सभालाई संबोधन गर्दै पार्टी केन्द्रिय सदस्य घनेन्द्र बस्नेतले नेता तथा कार्यकर्ताहरुको जीवनशैली सरल र सादा हुन सक्नुपर्ने आवश्यकता औल्याउनुभयो।

12825245_10207738857362802_2032221695_nसंपर्क मन्च उपाध्यक्ष शारदा घलेले स्वागत मन्तब्य राख्नुभएको थियो। मन्चका अध्यक्ष रेजिन श्रेष्ठको अध्यक्षतामा संचालित बनभोजमा बिभिन्न कलाकार र नर्तकले आ-आफ्ना कला प्रस्तुत गरेका थिए। बिभिन्न समयमा सम्पर्क मन्चलाई महत्वपूर्ण सहयोग तथा योगदान पुर्याउने महानुभाबलाई कदर पत्र पनि प्रदान गरिएको थियो।

12834468_10207738996806288_472186226_n12825529_10207738976685785_1896898334_n

प्रकाशित मिति: १ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्