आइपिएलमा आज नेपालका सन्दीप लामिछानेले खेल्ने सम्भावना बलियो


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले लिग चरणको अन्तिम खेल खेल्दैछ । आजको खेल उसका लागि शीर्षमा दुईमा पर्ने सम्भावना कायमै राख्नका लागि महत्वपूर्ण छ ।

आजको खेल जितेमा दिल्लीको १८ अंक हुनेछ । उसले आज राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराउनु पर्नेछ । किन की दिल्ली भन्दा माथि रनरेटका आधारमा मुम्बई दोस्रो स्थानमा छ भने दुई अंक बढी भएको चेन्नईको पनि रनरेट राम्रो छ । त्यसैले दिल्लीलाई आज फराकिलो अन्तरले राजस्थानलाई हराउनु पर्ने बाध्यता छ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा चार बजे दिल्लीमा शुरु हुनेछ । स्पीनर अनुकुल पिच भएकाले दिल्लीले आज सन्दीप लामिछानेलाई मैदान उर्तार्ने सम्भावना बढी छ । तर अन्तिम ओभरका लागि क्रिस मोरिसले राम्रो प्रदर्शन गर्न सक्ने भएकाले सन्दीपले मौका नपाउने सम्भावना पनि उत्तिकै छ ।

प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्