विमान दुर्घटना, ५९ जनाकाे ज्यान गयाे


 


bimanएजेन्सी,  मास्को चैत्र ६

दुवइबाट रसियाका लागि उडेकाे फ्लाइ दुवईको एउटा विमान उत्तरी रसियामा दुर्घटनाग्रस्त भएको छ। अवतरण गर्ने क्रममा जहाज दुर्घटना हुँदा यात्रु र चालक दलगरी सबै ५९ जनाको मृत्यु भएको छ। फ्लाइट नम्बर एफजेड९८१ नम्बरको जहाज रसियाको उत्तरी सहर रोस्टोभ अन डनमा दुर्घटना भएको हो।

रसियाको एयर ट्राफिक कन्ट्रोलले फ्लाइ दुबईको बोइङ ७३७–८०० जेट विमानस्थल नजिकै भिजिबिलिटी कम हुँदा ल्यान्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ। ‘प्रारम्भिक सूचनामा बोइङ ७३८ दुर्घटना भएको खबर आएको छ। दुर्घटना विमानस्थलभन्दा ५०–१०० मिटर टाढा भएको छ’, स्रोतलाई उदृत गर्दै रसियाली समाचार संस्था तासले भनेको छ। दुर्घटनामा विमानमा रहेका सबै यात्रु र चालक दल सदस्यको मृत्यु भएको छ।

प्रकाशित मिति: ६ चैत्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्