नविन भए तेस्राे भाेजपुर अाइडल


 


nabin raiभाेजपुर, चैत्र ७

तेस्राे भाेजपुर अाइडलकाे उपाधि होम्ताङका नविन राईले हात पार्न सफल भएका छन । कटुञ्जे युवा क्लवले अायाेजना गर्दे अाएकाे अाइडलकाे तेश्रो सिजनको उपाधि नविनले चुम्न सफल भएका हुन् । उनले फाइनल चरणका नाै जना प्रतिष्प्रधिलाई पछि पार्दै अाइडलकाे उपाधि उचाल्न सफल भएका हुन् ।

आइडलको फाइनल प्रतियोगीतामा गायक सङ्गितकार मनोज साङसोन, सङ्गितकार राकेश किराती, नेपाली तारा सिजन ३ का प्रथम रनरअप देवेश राईको निर्णायक टोली र भोटिङको आधारमा नवीन आइडल बनेका हुन् । विजेता नवीनलाई पूर्वसभासद सुदन किराती र गीतकार श्याम तमोटले संयुक्त रुपमा ट्रफी प्रदान गरेका थिए भने प्रमुख अतिथि नेपाल सङ्गित तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव गणेश रषिकले रु १ लाखको चेक प्रदान गरेका थिए ।

प्रतियाेगीताकाे विभिन्न विधामा उत्कृष्ट पाँच जनालाई नगद १० हजार संगै प्रमाण पत्र वितरण गरीएको थियाे । कार्यक्रममा निर्णायक मण्डलमा रहेका राष्ट्रिय कलाकारसंगै गायीका मेलिना राई, गायक हिरण राई लगायतको समेत प्रस्तुति रहेको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्