खेलकुद विकास समिति गठन


 


दमक ,बैशाख २९
दमक नगर पालिका वडानम्वर १० का खेलाडी तथा खेलकुद संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको भेलाले खेलकुद विकास वडा समिति गठन गरेको छ ।
वडानम्वर १०को वडाअध्यक्ष बोधराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले खेलकुद बिकास वडा समिति गठन गरेको हो । दमक नगर खेलकुद बिकास समितिको कोषध्यक्ष इन्दु न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय खेलकुद समिति गठन गरेको वडानम्वर १० सचिव तथा खेलकुद विकास वडा समितिका सदस्य सचिव वालकृष्ण कोइरालाले जानकारी दिनु भयो ।

वडा खेलकुद समितिको उपाध्यक्षमा कृष्ण प्रसाद भटराई ,सदस्य सचिवमा कोइराला र कोषध्यक्षमा कुमारी राई सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा रमेश खत्री नवकिरण क्लव दमक १०बाट रमेश खत्री , इन्द्रेणी क्लवबाट सुशान्त न्यौपाने ,न्यू संगम क्लवबाट ख्याम दाहाल रहनु भएको छ ।
यसै गरी सदस्यहरुमा सुरेश धिमाल र शिव धिमाल चयन हुनु भएको छ । खेलकुद बिकास वडा समितिको अध्यक्ष इन्दुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले सबै विधाको खेलको बिकास साथै वडाका उदयमान खेलाडीको खेलको उन्नीतिको लागि वडाले सधै सहयोग गर्ने बताउनु भयो ।
खेल खेल्नु ठूलो कुरा नभएर खेलाडीले खेलको नियम पालना गरी अनुशासनमा बस्ने कुरा ठूलो भएको बताउनु भयो । उहाँले अबका दिनमा अनुशासनमा रहेर खेल खेल्नका लागि खेलाडीलाई सुझाव दिनु भयो । खेलकुद बिकास वडा समितिको अध्यक्ष इन्दुले प्रतिवद्धता मन्तब्य राख्दै ब्यवसायिक खेलाडी उत्पादन सम्पूर्ण खेलको उन्नीतिका लागि आ–आफनो ठाउँबाट सहयोग गर्नु पनि वडाबासीलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा नगर खेलकुद समितिले दमक ९ मा बैशाखको पहिलो साता आयोजना गरेको वडा स्तरीय फुटवल प्रतियोगितामा उपविजेता बनेको वडानम्वर १०का खेलाडी र नयाँ गठन भएको वडा खेलकुद समितिका पदाधिकारी र कार्य समिति सदस्यहरुलाई मायाको चिनो स्वरुप नेपाली टोपी लगाइदिएर स्वागत गरिएको थियो ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्