आईपीएल : बैंगलुरुको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित


 


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हात पारेको छ ।

गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैंगलुरुले दोस्रो जित दर्ता गरेको हो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो ।

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ । हैदरावाद १० अंकसहित तेस्रो स्थानमा छ ।

समान १० अंक जोडेका कोलकाता नाइट राइजर्स दोस्रो र लखनउ सुपर जाइन्ट्स चौथो स्थानमा छन् । राजस्थान रोयल्स १४ अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्