शव फेला


 


खाेटाङ, चैत्र २०

वर्षाको पानीले भिजेको अवस्थामा खोटाङमा एक व्यक्तिको शव फेला परेको छ। दिक्तेल नगरपालिका–७ बाम्राङका ४९ वर्षीय नीरबहादुर पाण्डेको शव शुक्रवार साँझ फेला परेको हो। बुधबार बेलुका घरैबाट हराएका पाण्डेको खोजी गर्ने क्रममा सिरिसेस्थित शङ्खु खोलामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

दैनिकजसो मातेर हिँड्ने पाण्डे सुतेकै ठाउँमा मृत्यु भएको अनुमान गरिएको स्थानीय उजुर राईले जानकारी दिए। पाण्डेको मृत्युका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० चैत्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्