सन्दिप लामिछानेले सिपिएल क्रिकेटमा ७० हजार डलर पारिश्रमिकमा खेल्ने


 


काठमाडौं, जेठ ९

नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए ।

यसपटक सन्दिप महंगो मुल्यमा आबद्ध भएका छन । उनले ७० हजार डलर पारिश्रमिक पाउनेछन् । सन्दिपसँगै ड्राफ्टमा परेका अन्य तीन नेपाली खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र सोमपाल कामीमा भने कुनैपनि टोलीले चासो देखाएनन् ।

आगामी जुलाइ ११ देखि अगस्ट १६ सम्म हुने सीपीएल क्रिकेटमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्