भारतमा फेरि मोदीको सरकार बन्ने निश्चित


 


एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ ।  सुरुवाती मतगणना परिणाम निर्वाचन लगतै जारी गरिएको मत सर्वेक्षण अनुरुप नै देखिन्छ ।

भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि भाजपाले यसपटक राम्रो मत ल्याएको छ ।

राजस्थान, छत्तीसढ र मध्य प्रदेशमा भाजपाले सन् २०१४ मा राम्रो प्रदर्शन गरेका थियो । तर डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा कांग्रेससँग हारेको भाजपाले त्यहाँ पुनः जित हासिल गरेको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्