चुनाव जिताएकोमा मोदीकी आमाले दिइन् मतदातालाई धन्यवाद


 


काठमाडौँ ।प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनले मतदाता, समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन्। भारतमा सम्पन्न लोकसभा चुनावको जारी गणनामा भारतीय जनता पार्टी बलियो देखिँदै गर्दा मिडियासामु झुल्किएकी प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनले समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

उनले बिहीबार बिहान गान्धीनगर नजिकै रहेको निवासबाहिर आएर समर्थकहरुलाई धन्यवाद दिएकी हुन्। सो क्रममा मोदी समर्थित नारा लागेको थियो।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्