गोगने गाविस पूर्ण खोपयुक्त


 


भोजपुर, चैत्र २२

यहाँको गोगने गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविस सचिव लेखराज तिम्सिनाको अध्यक्षता र स्थानीय विकास अधिकारी भानुभत्त न्यौपानेको प्रमुख आतिथ्यमा गाविसलाई पुर्ण खोप युत्त गाविस घोषणा गरिएको हो ।

वडा नागरिक मञ्च, स्थानिय राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थितमा सम्पन्न कार्यक्रममा नौ वटै वडाका स्वास्थ्य स्वयमसेवीकाहरुलाई सम्मान समेत गरीएको थियो । यो सँगै पूर्ण खोपयुक्त गाविस भोजपुर जिल्लामा ३३ वटा भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका खोप सुपर भाइजर पुष्पराज पन्तले बताए ।

प्रकाशित मिति: २२ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्