समतामुलक समाज निर्माणका अगुवा सम्मानित


 


12939585_813785655387715_806819116_nभाेजपुर,चैत्र २४

दलित सेवा समाज अन्नपुर्णले पुष्पलाल चौलागाँई र राजकुमार राईलाई सम्मान गरेको छ । अन्नपुर्ण ८ का चौलागाँई र ४ का राईलाई जातिय छुवाछुतको अन्त्य गरी समतामुलक समाज निर्माणमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमुुख अतिथि एवं मुक्ति समाज नेपाल भोजपुरका अध्यक्ष रविन शिवाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका छन् ।

सोहि कार्यक्रममा अन्नपुर्णवाट दलित विद्यार्थी मध्ये उच्च अंक प्राप्त गरी एस. एल. सि. उत्रिण गरेकी रोष्नी दर्नाललाई पनि पुरस्कृत गरिएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि शिवाले नया संविधानले दलित समुदायका अधिक्तम मुद्धालाई सम्वोधन गरेको भन्दै कार्यँन्वयनमा जोड दिए

जातीय विभेद सिंगो समाजको साझा समस्या भएकाले यस्को अन्त्यका लागी सवैको भुमिकाको आवश्यक्ता उनले अाैल्याए। कार्यक्रममा पुर्व गा.वि.स. अध्यक्ष विष्णुुकुमार राई गा.वि.स. सचिव भिमराज सेजवाल वुद्धिजिवी रविकुमार राई, उर्मिला किरात लगाएतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा स्थानिय राजनीतिक दल, वुद्धिजिवि, समाज सेवी, संघ सस्थाका प्रतिनिधि र स्थानिय समुदायको वाक्लो उपस्थिति रहेको थियो । जिवन गजमेरको अध्यक्षतामा समाजको ९ सदस्यिय नया कार्यसमिति  चयन भएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्