भाेजपुरे युवाले गरे अनाैठाे विवाह


 


IMG_4669काठमाडाैं, बैशाख ८

बैशाख महिनाकाे टन्टलापुर घाम । यसैपनि यतिबेला गर्मी महिना त्यसमाथि केहीदिन यता राजधानीकाे माैषम निकै ताताे बनेकाे छ । राजधानी काठमाडाैंकाे काेटेश्वरस्थित काेटेश्वर महादेव मन्दिर परिसरमा अाज बेग्लै माहाेल थिए । मन्दिर परिसमा कतै विवाह भइरहेका थिए भने कतै ब्रतबन्ध हुँदै गरेकाे दृश्य सहजै देख्न सकिन्थ्याे ।

यस्ताे दृश्यबिच त्यही ठाउँमा अर्काे फरक दृश्य पनि थियाे । ब्यानरमा लेखिएकाे थियाे याैगिक विवाह । ब्यानर देखेर नजिकै अर्काे विवाहमा उपस्थित भएका दुइ महिला कानेखुसी गर्दे थिए, याे याैगिक विवाह भनेकाे चाँही के रहेछ ? छेउमै रहेकी अर्की महिलाले भनिन् जाेगीहरूकाे विवाह हाेला । यस्ताे कुरा गर्दे उनिहरू अाफ्नै सुरमा बाेलिरहेका थिए । यता याैगिक विवाह भने अाफ्नै माहाेलमा रमाइरहेकाे थियाे ।

IMG_4658हाे, नेपाली समाजमा तपाइ हामीले यौगिक विवाह कमै सुनेका छाैं ? नेपाली समाजमा विशेषत मागी विवाह र प्रेम विवाहकाे बढी प्रयाेग र चर्चामा रहेका बेला बुधबार भने भाेजपुर च्यांग्रेका एक युवाले काठमाडाैंमा याैगिक विवाह गरेका छ्न् । कोटेश्वर महादेव मन्दिरमा वर नारायणप्रसाद भट्टराई तथा बधू कविता ढुङ्गानाले यौगिक विवाह सम्पन्न गरेका हुन् ।

नेपाली समाजमा विवाह खर्चिलो र भड्किलाे गइरहेका बेला याैगिक विवाह एउटा प्रेरणादायी विवाहकाे रूपमा परणित भएकाे थियाे । अाजभाेलि विवाहले पुराना सांस्कृतिक पक्षलाई कमजोर बनाउँदै गएको बेला याे विवाह प्राचीन मूल्यमान्यतलाई अवलम्बन गरिएको संक्षिप्त विवाह थियो ।

IMG_4655विश्व दर्शन अभियानले व्यवस्था मिलाएको उक्त विवाह समारोहमा पण्डित फणीन्द्रप्रसाद भट्टराईले स्वस्तिशान्ति बाचन गरेपछि विवाह प्रारम्भ भएको थियो । त्यसपछि बेहुला तथा बेहुलीका अभिभावकले पानसमा संयुक्तरुपमा बत्ती बालेर वर र बधूलाई टीका लगाइदिएका थिए । लगत्तै वर र बधूले एक अर्कालाई आँैठी साटासाट गरे र रुद्राक्षको माला लगाइदिए ।

विवाहको प्रक्रिया पूरा गर्र्दै जाँदा वर, बधू तथा कार्यक्रममा सहभागी सबैले ध्यानसमेत गर्ने अवसर प्राप्त गरेका थिए । उक्त कार्यक्रम समाजमा चलिआएको भन्दा अलि फरक पाइन्थ्यो । केही बेर ध्यान कार्यक्रम भयो । ध्यानमा सहभागी सबैलाई शान्तिको अनुभव समेत गराइयो ।

IMG_4663विवाहको कार्यक्रम चलिरहँदा बीच बीचमा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई विवाहका बारेमा दृष्टिकोण राख्न समय निर्धारण गरिएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले याे विवाहमा वैदिक परम्पराका मान्यता ग्रहण गरिएको र फजुल खर्च कटौती भएकाले पनि समाजका लागि आदर्श भएको बताए ।

दीप, कलश, गणेश, नवग्रह, षोडश, मातृका र अग्नि पूजासमेत गरिएको थियो । उक्त समारोहमा पुष्प गुच्छा वर्षाइएको थियो । धर्मोदय सभाका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराई र साहित्यकार सुलोचना मानन्धरले वैवाहिक जोडीलाई बधाई दिँदै प्राचीन मान्यता तथा सांस्कृतिक महत्वलाई कायम राख्दै समाजमा सबैलाई सहज हुने कार्यको विकास भएकामा त्यसलाई सबैले अनुकरण गर्नुपर्ने धारणा राखे ।

यसैबीचमा वर र बधूले संयुक्तरुपमा विश्व दर्शन अभियान तथा आश्रम बनाउन कोषलाई रु ८० हजार सहयोग हस्तान्तरण गरेका थिए । राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थ भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला, अन्नपूर्ण पोष्टका पत्रकार गोपीकृष्ण ढुङ्गाना लगायले विवाहकाे बारेमा बाेलेका थिए ।

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्