विश्वकप क्रिकेट : अफगानिस्तानमाथि अस्ट्रेलियाको शानदार जित


 


एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको हिजो भएको चौँथो खेलमा अफगानिस्तानमाथि अस्ट्रेलियाको शानदार जित निकालेको छ । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले उत्कृष्ट प्रदर्शन गरेसँगै शनिवार राती सम्पन्न खेलमा अस्ट्रेलियाद्वारा अफगानिस्तान ७ विकेटले पराजित भएको हो ।

२ सय ८ रनको लक्ष्य अष्टे«लियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित निकालेको थियो । त्यसका लागि वार्नरले १ सय १४ बलमा ८ चौका सहित ८९ रनमा अविजित रहे भने कप्तान आरोन फिन्चले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको बनाउँदै वार्नर र फिन्चले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

योसँगै अष्ट्रेलियाको जितको सम्भावना प्रबल बनेको थियो । अफगानिस्तानका मुजिव उर रहमानले २ र राशिद खानले १ विकेट लिँदा अष्ट्रेलियाले ७ विकेटको जित निकालेको हो ।

त्यसअघि ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ छानेको अफगानिस्तानले ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्रै बनाउँन सक्यो । जसका लागि । लेग स्पिनर राशिद खानले ११ बलमा २७ रन जोडेका थिए । त्यस्तै नजीवुल्लाह जादरानले ४९ बलमा २ छक्का र ७ चौका सहित ५१ रमुजिब उर रहमानले १३ रनको योगदान गरेका थिए ।अष्ट्रेलियाका एडम जम्पा र प्याटकमिन्सले ३-३ विकेट लिँदा मार्कस स्टोइनिसले २ र मिचेल स्टार्कले १ विकेट ल्याउँदा अफगानिस्त अल आउट हुँदै जित व्यहोर्न पुगेको हो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्