फाइनल खेल चलिरहेका बेला यी युवती लुगा फालेर मैदानमा छिरेपछि.. (भिडियो)


 


काठमाडौं । स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा आइतबार बिहान लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो ।

करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडभाडबाट दौड्दै मैदानमा प्रवेश गरिन् उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिरहेकी थिइन् ।

सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर उनलाई बाहिर ल्याए । एकैछिन रोकिएको खेल पुनः सुचारु भयो ।

को हुन ती महिला ?

किन्सी वलान्स्की नामकी ती महिला Vitaly Uncensored नामको पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलकासाथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।

ती महिला को हुन् ? किन उनले त्यसो गरिन ? अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्