गायक अशोक मोडलका रुपमा भिडियो (सहित )


 


काठमाडौँ । युवा गायक अशोक मुकारुङ मोडलका रुपमा देखा परेका छन् । उनले गीतकार जीवन मुकारुङको शब्द तथा एकान्त आङ्देम्बेको सङ्गीत र स्वर रहेको ‘झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमाल’ बोलको गीतमा बनेको म्युजिक भिडियो मोडलिङ गरेका हुन् ।

सिमिकलुङ दर्पणको ब्यानरमा युट्युबमार्फत सार्वजनिक गरिएको भिडियो गीतकार जीवनले नै निर्देशन तथा छायाङ्कन गरेका हुन् । नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको गीत गीतकार तथा निर्देशक मुकारुङले आफ्नै जीवनमा घटित घटनामाथि आधारित रहेको बताए ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्