जीवन अभिनित ‘नरमाइलो लाग्छ होला आज तिम्रो मनमा’ (भिडियोसहित)


 


काठमाडौँ । युवा अभिनेता तथा लेखक जीवन थापा ‘क्षिजित’ अभिनित नयाँ म्युजिक भिडियो ‘नरमाइलो लाग्छ होला आज तिम्रो मनमा’ सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको उक्त भिडियो विन्दावासिनी म्युजिक प्रा.लि.को ब्यानरमा युट्युबमार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अभिनेता थापाका साथमा एलिना श्रेष्ठ र दीपेन्द्र कार्कीले अभिनय गरेका छन् । नव मोडल एलिनाको यो दोस्रो भिडियो हो भने दीपेन्द्रको पहिलो ।
गीतकार रमेश कोइरालाको शब्द तथा सङ्गीतकार रत्नबहादुरको सङ्गीत रहेको भिडियो युवा निर्देशक गणेश उपाध्यायले निर्देशन गरेका हुन् । खरेलको ‘दिलदिल’ नामक एल्बममा समाविष्ट उक्त गीति भिडियो केदार राईले छायाङ्कन गरेका हुन् । भिडियोमा अति मिलनसार गरिब परिवारका दाजुभाइका बीचमा एउटी केटीका कारण आएको मनमुटाबको कथा उनिएको छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्