चलचित्र ‘पायल’ आउँदै



काठमाडौ नेपाली कथानक चलचित्र ‘पायल’को मंगलबार छायांकन सकिएको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको चलचित्र फाल्गुनन्द फिल्मस प्रा.लि.को ब्यानरमा कविता राई लिङ्देनले निर्माण गरेका हुन ।

करिव ३० लाख लगानीमा सकिएको चलचित्र दिनेश लिङ्देनको लेखन/निर्देशन रहेको छ भने मुख्य सहायक निर्देशक-राजु घिमिरे,नृत्य निर्देशक-दिनेश माङ्मु,द्वन्द निर्देशक-कुमार महर्जन,क्यामरामेन-ज्ञानु राइ,संगीत-बिकास चौधरी/टिका भणडारी,स्वर-बिरेन्द्र श्रेष्ठ/बिन्दा परियार रहेकाछन भने रिया श्रेष्ठ,उदय सुब्बा,राजकुमार लिङ्देन,सागर केरुङ,
कुइसाङ रुम्बा,बबिता नेयोङ,नरेन्द्र सेन्दाङ,भीम थेबे,यासेली योङ्हाङ,प्रेम आले,महेन्द्रकुमार राइ,नविन याम्फू,उमेसकुमार मगर लगायतले अभिनय गरेका छन । थ्रेल चलचित्र पायल आगामी तिहारपछि प्रदर्शन हुने निर्देशक लिङ्देनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News