८८ बर्षिय बृद्धालाई जवरजस्ति करणीकाे अाराेपमा एक ब्यक्ति पक्राउ


 


 

भाेजपुर, जेठ १३

भोजपुरकाे कुलुङ गाविसकी एक ८८ बर्षीय बृद्दलाई जबरजस्ती करणी गरेकाे अाराेपमा  कुलुङ गाविसका ५३ बर्षिय गोरे भन्‍ने टंक बहादुर बागदासलाई प्रहरीले प्रकाउ गरेकाे छ । गत जेठ ३ गते साढे १२ बजेतिर घरमा कोही नभएको मौका छोपी जोर जबरजस्त गरी जबरजस्ति करणी गरेको अाराेप बागदासमाथि लागेकाे छ ।

घटनाकाे बारेमा १२ गते प्रहरीलाई जाहेरी प्राप्त हुनासाथ प्रतिवादीलाई  ईप्रका दिला तथा जिल्ला प्रहरी कार्यालयबाट तत्काल प्रहरी टोली खटाई बिहिबार प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।  उनलाई जवरजस्ति करणी मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य सुरु गरीएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्