अाज दश खर्बकाे बजेट अाउँदै


 


 

काठमाडौँ, जेठ १५

सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट (आय व्यय) विवरण शनिबार अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि १० खर्ब हाराहारीको बजेट संसद समक्ष पेस गर्देछन् ।

नयाँ संविधान जारी भएपछि सरकारले पहिलो बजेट ल्याउन लागेको हो । संविधानमै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने कानुनी व्यवस्था गरिएको छ ।
खासगरी पुनःनिर्माण, कृषि, पर्यटन, सामाजिक सुरक्षा, ठूला पूर्वाधारका योजना, स्वास्थ्य, शिक्षा, सञ्चार, जलस्रोत, ऊर्जालगायतका क्षेत्रत्रलाई प्रथामिकतामा राखेर बजेट ल्याइँदैछ ।  सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्थानीय निकायको निर्वाचनका लागि समेत बजेट विनियोजन गरेको छ ।
आगामी आवमा कर्मचारीको तलब करिब २० प्रतिशतले बृद्धि गर्न लागिएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्