इश्वरमान र मिरालाई प्रवल जनसेवा श्री पदक


 


काठमाडाैं, जेठ १५

भाेजपुरका समाजसेवी इश्वरमान राई र  अल्ट्रा धाविका मीरा राईलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ ।नवाैं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल जनसेवा श्री पुरस्कारबाट उनिहरूलाई सम्मान गर्ने लागिएकाे हाे ।

सगरमाथा उच्च मावि घाेरेटारका निवर्तमान प्रधानाध्यापक इश्वरमान राईलाई सम्मान स्वरूप मायाकाे चिनाे प्रदान गर्दे सूचना तथा सञ्चार मन्त्री शेरधन राई । घाेरेटारका युवाहरूले उनलाई सम्मान गरेका हुन् । तस्बिर : देशकाेन्युज

इश्वरमान राई दक्षिणी भाेजपुरकाे रानिवासस्थित सगरमाथा उच्च माविमा लामाे समयदेखी प्रध्यापन पश्चात यतिबेला ब्यवस्थपन समितिका अध्यक्ष छन् । उनि यस क्षेत्रका राेलमाेडल समेत हुन् । मीरा राई अल्ट्रा धावकका रुपमा विश्व बरियतामा दोस्रो स्थानमा छिन् ।

Mira Rai

प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्