प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवकाे टिम विजयी


 


pm footballकाठमाडौँ, जेठ १६

नवौँ गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा मुख्य सचिवको टोलीले प्रधानमन्त्रीको टोलीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो ।

खेल २–२ को बराबरीका अवस्थामा अन्तिम समयमा पाएको प्यानल्टी किक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेका थिए । तर उनकाे प्रहार विपक्षी टोलीका गोलकिपरले बचाएपछि प्रधानमन्त्री टोली बराबरी गर्नबाट चुक्यो ।

यसअघि मुख्यसचिव टोलीका तर्फबाट सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोकसेवा आयोगका सचिव माधवप्रसाद रेग्मीले १ गोल गरेका थिए । त्यस्तै प्रधानमन्त्री टोलीकाे तर्फबाट कानुन न्याय तथा संंसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल र श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले १÷१ गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

प्रधानमन्त्री ११ टोलीमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय भीमबहादुर रावल, टोपबहादुर रायमाझी, मन्त्री शक्तिबहादुर बस्नेत, एकनाथ ढकाल, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डेय, शेरधन राई, गणेशमान पुन लगायत थिए । त्यसैगरी मुख्यसचिव ११ टोलीमा मुख्यसचिव डा सोमलाल सुवेदीसहित, सचिवहरु चन्द्रकुमार घिमिरे, टङ्कमणि शर्मा, सूर्यप्रसाद सिलवाल, नारायणगोपाल मलेगो, लक्ष्मणप्रसाद मैनाली, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ आदि थिए ।

झन्डै पूरै समय मैदानमा रहेका प्रधानमन्त्री ओलीले मैत्रीपूर्ण भएकाले हारजितले महत्व नराखेको बताए । उनले भने “खेल रमाइलो भयो, यसले नेतृत्व गर्न सिकायो, स्वस्थ रहन सिकायो, मुख्य कुरा गणतन्त्र दिवस मनाइयो ।”

मुख्यसचिव डा सुवेदीको भनाइ पनि उस्तै थियो, “हामीले जित्यौँ तर यो हारजितका लागि थिएन गणतन्त्र दिवसका लागि थियो ।”

प्रकाशित मिति: १६ जेष्ठ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्