दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा


 


एजेन्सी । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो ।

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ ।

त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्