सामाजिक सञ्जालमा बुढ्यौली रुप भाईरल बन्दै



काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबूकका नेपाली प्रयोगकर्ताहरूको प्रोफाइल बुढो बनेको देख्न सकिन्छ । ‘फेस एप’ नामक एपमार्फत् मानिसहरुले आफ्नो बुढो रुप हेरेर मनोरञ्जन लिई रहेछन् ।

यस्तैमा नेपाली सेलिब्रेटीहरुले पनि सामाजिक सञ्जालमा बुढेसकालमा यस्तो देखिने रहेछ भनेर फोटो सामाजिक सञ्जाल पोस्ट गरिरहेका छन् ।यही क्रममा निर्माता तथा कलाकार दिपकराज गिरीले बुढो रुप सार्वजनिक गर्दै स्टाटस लेखेका छन्, ‘बिहान बिहान कुन चाहिले काम पाएन छ । यस्तो बनाएर मलाइ नै पठाएछ, बनाउन त बनायो ठिकै छ । तर, मेरो हजूर बाउ भन्दा नि बूढो बनाएछ ।’ दिपकराजले फोटो सार्वजनिक गरेपछि निर्देशक तथा कलाकार दिपाश्री निरौलाले मेरो बुढो साथी भनेकी छन् ।

कलाकार केदार घिमिरेले साँच्चिकै बुढो, माग्ने बुढो भन्दै फोटो सार्वजनिक गरेका छन् । बुढेसकालको रुपमा रमाउने कलाकारको भिडमा नायक प्रदीप खड्का पनि देखिए । उनले बुढेसकालमा यस्तो देखिने रहेछ भन्दै फोटो सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News