भारतबाट पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु


 


काठमाडौं । भारतबाट पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको छ ।  भारतीय आयल कर्पोरेसन (आइओसी)को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि बुधबारबाट डिजेल पठाउन सुरु गरिएको हो ।

बुधबार दिउँसो २ बजे आइओसीको मोतिहारी डिपोबाट डिजेल छाडिएको छ । बुधबार छाडेको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए ।

पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको उनले जानकारी दिए । तर, पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर मात्रै डिजेल छाडिएकाले त्यसलाई शुद्धिकरण गरेर मात्रै खन्याइने भएको छ ।

पानी मिसएको पेट्रोलको शुद्धिकरणसँगै यसको औपचारिक उद्घाटन गरेर अमलेखगन्ज डिपोमा नखन्याइने डिपो प्रमुख यादवले बताए । उद्घाटनको तयारीसमेत सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्