युरोप लैजाने भन्दै आधा करोड ठगी


 


काठमाडौं । युरोप लैजाने भन्दै ५१ लाख रुपैयाँ ठगी गरेको आरोपमा चितवन रत्ननगर नगरपालिका–४ देवौलीका ३१ वर्षीय नवीनकुमार चौधरी पक्राउ परेका छन् ।

आकर्षक तलब हुने वर्किङ भिसामा युरोप पठाइदिन्छु भनी प्रलोभनमा पारेर विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका धापासीमा बस्दै आएका उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार साँझ टोखा नगरपालिका–६ बाट नियन्त्रणमा लिएको हो ।

पीडितलाई काठमाडौं हुँदै भारतसम्म पुर्‍याई अलपत्र पारी उनी सम्पर्कविहीन भएका थिए । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्