माध्यामिक तहका शिक्षकको पदस्थापना – को कहाँ हेर्नुहोस सुची सहित


 


भक्तपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ। शुक्रबार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावलीसहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो।

अब जिल्ला स्थित समन्वय इकाइले भटाभट शिक्षक पदस्थापना गर्ने जनाइएको छ। एजुकेशन पाटीले शुक्रवार बिहान एकमहिना बितिसक्दा समेत खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना नभएको समाचार प्रकाशित गरेको थियो। लगत्तै साँझ केन्द्रले शिक्षक पदस्थापनाका लागि विषयगत नामावली र नियुक्तिका आधार सहित समन्वय इकाइहरुलाई पत्र पठाएको छ।

केन्द्रले शुक्रवार शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक नियुक्तिका लागि प्राप्त सिफारिस र यस केन्द्रको साउन १ को निर्णयबमोजिम त्यस इकाइबाट नियुक्ति हुने उम्मेदवारहरुको विषयगत नामावली पठाएको हो। पदस्थापनाका लागि पठाइएको शिक्षकहरुको नामावली यस प्रकार छ –

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्