लाेडसेडिङ घट्याे



काठमाडौँ, जेठ २३

नेपाल विद्युत् प्राधिकरणले लाेडसेडिङकाे समय एक घन्टा घटाएको छ । यही जेठ २५ गते देखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युत्भार कटौती गर्दै आएको थियो ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः विद्युत्भार कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए । उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ । प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युत्भार कटौती गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News