फिलिपिन्समा लगातार दुई शक्तिशाली भूकम्प गयो, ८ जनाको मृत्यु


 


एजेन्सी, साउन ११

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहानै फिलिपिन्सको बातानेस प्रान्त केन्द्रविन्दु भएर ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण कम्तिमा ८ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण झण्डै ६० जना घाइते भएका छन् ।

भूकम्प गएका बेला अधिकांश मानिस घरमै थिए । भूकम्प गए पनि सुनामीको चेतावनी भने दिइएको छैन । बिहानै भूकम्प गएकाले र मानिसहरु सुतिरहेकाले केहीको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएका छन् । भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्