एनएमबि बैंकले १० प्रतिशत लाभांश दिने घोषणा


 


काठमाडौं। एनएमबि बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशत माथि लाभांश दिने भएको छ। पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबि बैंकले आफ्नो म्युचुअल फण्ड अन्तरगत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट इकाई धनीहरुलाई १० प्रतिशत माथि लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीहरुलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो घोषणा आगामी कार्तिक ३ गते लागू गरिने पनि जानकारी गराइएको छ। ७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ ५ वर्षे योजना हो। त्यसैगरी ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

एनएमबि क्यापिटलले प्रवद्र्धन गरेको यी दुई सामूहिक योजना सात वर्षे योजना हो। दुवै योजनाको पूँजीको आकार १ अर्व रहेको छ।

प्रकाशित मिति: १२ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्