नेपाल बैंकको नाफा २ अर्ब ६१ करोड


 


काठमाण्डौँ, साउन १७

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा दुई अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको यसै अवधिमा ३ अर्ब २१ करोड खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८ प्रतिशतले घटेको हो । खुद व्याज आम्दानी ३.१ प्रतिशतले घट्दा बैंकको नाफामा प्रभाव पारेको हो। अघिल्लो वर्ष बैंकले खुद व्याज आम्दानी ६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेकोमा गत वर्ष ६ अर्ब १७ करोड रुपैयाँमा झरेको छ। बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

अघिल्लो बर्ष बैंकले ९९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७५ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको चुक्त पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ भने शेयर प्रिमियममा तीन अर्ब २६ करोड र जगेडामा १३ अर्ब ३४ करोड रुपैयाँ छ। खराव कर्जा ३.३७ प्रतिशतबाट २.५८ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४.९९ प्रतिशतबाट ४.४५ प्रतिशतमा झारेको छ। बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ छ।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्