राष्ट्र बैंकले आज १० करोड ट्रेजरी बिल विक्री गर्ने


 


काठमाडौं, साउन २०

नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएका बेला केन्द्रिय बैंकले सरकारका लागि १० करोड रुपैयाँ ट्रेजरी बिल मार्फत उठाउन लागेको छ ।

आइतबार २० अर्ब रुपैयाँ निक्षेप उठाएको केन्द्रिय बैंकले फेरी सोमबार १० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्न विभिन्न वित्तीय उपकरणको प्रयोग गर्ने गर्दछ ।

त्यस्तै प्रणालीमा रकम अभाव हुँदा समेत तरलता प्रवाह गर्दै आएको छ। सोमबार निष्काशन हुने ट्रेजरी बिल ९१ दिन अवधिको रहेको छ । यो बिल कात्तिक १९ गते परिपक्व हुने छ ।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्