सुनको भाउमा फेरि नयाँ रेकर्ड, आज एकैदिन १५ सयले बढ्यो


 


काठमाडौं । सुनको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ । सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । यो भाउ अहिलेसम्मकै धेरै हो । आइतबार पनि ५ सय रुपैयाँ बढेर नयाँ रेकड बनाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् । सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: २० श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्