जम्मू–कश्मीर तनाव उत्कर्षमा : शीर्ष नेताहरुलाई नजरबन्द



काठमाडौ‌ । भारत प्रशासित कस्मिरमा राजनीतिक घटनाक्रम तीव्र रुपमा परिवर्तन भएको छ । केही दिनअघि ठूलो संख्यामा सेना परिचालन गरिएको कस्मिरमा गए रातिबाट शीर्ष नेताहरुलाई नजरबन्दमा राखिएको छ । नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ।

कस्मिरमा मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ भने मोवाइल तथा इन्टरनेट सेवा बन्द नियन्त्रण गरिएको छ । गत साता अधिकारीहरुले आतंकवादी आक्रमणको संभावना भन्दै विदेशी पर्यटक तथा हिन्दु तीर्थ यात्रीहरुलाई कस्मिर छाड्न आदेश जारी गरिएको थियो । भारत सरकारले पछिल्लो समय के कदम चाल्न थालेको हो स्पष्ट नभए पछि तीव्र रुपमा विकास भएको घटनाक्रमहरुले तनाव भने निकै बढाएको छ । तर कस्मिरको दिँदै आएको विशेष राज्यका दर्ता हटाउन सरकारले खोजेको समाचारहरु दिल्लीबाट आएका छन् ।

सो व्यवस्थाअनुसार बाहिरका मानिसले कस्मिरमा जग्गा खरिद गर्न पाउदैनन । श्रीनगरमा चार जनाभन्दा बढी मानिसलाई भेला हुन दिइएको छैन।भारतले दशौँ हजार सैनिक कश्मीर उपत्यकामा खटाइसकेको छ।

आइतवार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ट्वीट लेख्दै कश्मीरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्यन नगरे स्थिति अझै भयावह हुन सक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News