सुनको मूल्यमा नयाँ कीर्तिमान, हेर्नुहोस् आजको मुल्य


 


काठमाडौँ, साउन २१

सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ६७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार दुई सयले बढेर ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलामा ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोलाको सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्