एसएलसीमा भाेजपुरकाे नतिजा : कुन ग्रेडमा कति विद्यार्थी उत्तिर्ण ? (हेर्नुहाेस् सबै विवरण)


 


भाेजपुर, असार ५

गत बर्षकाे भन्दा याे बर्षकाे एसएलसी नतिजा फरक रह्याे । गत वर्ष विद्यार्थी फेल हुन्थे । विद्यालयहरूले नील खान्थे । तर याे बर्ष सबै विद्यार्थी पास भए, विद्यालयहरूले नील पनि खाएनन् । ग्रेडिङ सिस्टम सुरू भएकाे याे बर्षकाे एसएलसी नतिजाले धेरैलार्इ अचम्मित बनाएकाे छ ।

अझै पनि धेरै विद्यार्थी र अभिभावकलार्इ याे नतिजाले अन्याेल बनाएकाे छ । विद्यार्थी र अभिभावक मात्र हैन स्वयम शिक्षा कार्यालयका कर्मचारी समेत अन्याेलमा परेका छन् । यस्तै अन्याेनका बिच पूर्वि पहाडकाे भाेजपुर जिल्लामा A+ ग्रेडमा पास हुने विद्यार्थी एक जना रहेका छन् । C र D ग्रेड ल्याउने विद्यार्थी धेरै छन् ।

कुन ग्रेडमा कति हेर्नुहाेस्

A+    1

A    23

B+  78

B     282

C+    734

C       1155

D+    528

D      63

यहाँ A+ भन्नाले ९० प्रतिशत भन्दा माथि जनाउँछ । त्यस्तै A भन्नाल ८० भन्दा माथि र ९० भन्दा कम जनाउँछ । B+ भन्नाले ७० भन्दा माथि र ८० भन्दा कम जनाउँछ । B भन्नाले ६० भन्दा माथि र ७० भन्दा कम जनाउँछ । C+ भन्नाले ५० भन्दा माथि र ६० भन्दा कम जनाउँछ । C भन्नाले ४० भन्दा माथि र ५० भन्दा कम जनाउँछ । D+ भन्नाले ३० भन्दा माथि र ४० भन्दा कम जनाउँछ भने D भन्नाले २० भन्दा माथि र ३० भन्दा कम जनाउँछ ।

प्रकाशित मिति: ५ असार २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्