सुनको मूल्य आजपनि बढ्यो, हेर्नुहोस् नयाँ दरभाउ



काठमाडौँ, साउन २३

सुनको मूल्य उकालो लाग्ने क्रम जारी नै छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ७० हजार पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोला पनि पाँच सय रुपैयाँले बढेर ६९ हजार सात सय पुगेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार दुई सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य तोलाको ६६ हजार तीन सय थियो । हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News