रतुवामाईमा बिपी नेत्र प्रतिष्ठानले सुरु गर्यो उपचार सेवा



रतुवामाई, साउन २५

मोरङको रतुवामाई नगरपालिका – ६ स्थित सौठामा बिपी नेत्र प्रतिष्ठानको आँखा, नाक,कान र घाटी सम्बन्धी उपचार सेवा आजबाट सुरु भएको छ ।

रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राइले आज एक कार्यक्रमका विच उपचार सेवाको औपचारीक उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नु हुदै नगरप्रमुख रविन राईले उपचार सेवाको सुरुवातीसँगै रतुवामाईवासी लगायतका यस भेगका मानिसहरुको आँखा,नाक,कान र घाटी सम्बन्धी सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

उहाँले यसलाई विस्तार गर्दै आँखा,नाक,कान र घाटी सम्बन्धी जटिल किसीमको उपचार गर्ने पनि बताउनु भयो । त्यस्तै प्रतिष्ठानलाई अपाङ्गता पुनस्र्थापना केन्द्रको रुपमा समेत विकास गर्ने बताउनु भयो । कार्यक्रममा विपी नेत्र प्रतिष्ठान स्थानीय निर्माण तथा व्यवस्थापन कार्यसमितीका अध्यक्ष खड्ग चोङवाङले प्रतिष्ठानको निर्माणधिन संरचना सम्पन्न गरी अझ सुविधा सम्पन्न र सहज ढंगले उपचार सेवा प्रदान गर्ने बताउनुभयो ।

विपी नेत्र प्रतिष्ठानको अस्पतालको स्थापनाका लागि स्थानीय वासीन्दाहरुले १६ कठा जगा उपलब्ध गराएको स्थानमा संरचना निर्माण सम्पन्न नभईन्जेलका लागि प्रतिष्ठानले सौठा स्थित नेपाल रेडक्रस सोसाईटीको भवनबाट सेवा सञ्चालन गर्नेेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News