बाबुले जन्मदिनमा दिएको बिएमडब्लु कार छोराले नदीमा बगाए


 


एजेन्सि —भारतको हरियाना राज्यमा बस्ने एक युवकले बाबुले जन्मदिनको लागी ल्याइदिएको बिएमडब्लु कार नदीमा बगाइदिएका छन् ।

ती व्यक्तिले आफुले भनेको जगुआर कार नदिएको भन्दै कार नदीमा बगाइदिएको एजेन्सिले बताएको छ । गिफ्ट दिइएको बिएमडब्लु कारको मुल्य भारु ६० लाख रुपैयाँ पर्ने बताइएको छ।
आफ्नो मागमा जिद्दी बनेका छोराले बाबुले दिएको कार अस्वीकार गर्दै बगाइदिएका हुन्।

घटनाबारे त्यहाँको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित मिति: २६ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्