राेजगारीका लागि चार देश प्रतिवन्ध


 


काठमाडाैं, असार ९

सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक, सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ । तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।

बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: ९ असार २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्