काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति


 


काठमाडाैं, असार ९

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि सरकारले नेपालीको शव ल्याउन विमान चार्टर गरेर काबुल पठाएको थियो । अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।

प्रकाशित मिति: ९ असार २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्