हङकङमा तनाव , विमानस्थलदेखि पूरै सहर अस्तव्यस्त


 


एजेन्सी, हङकङमा जारी प्रदर्शन ११ औँ सातामा आइपुग्दा सेलाउनुको सट्टा झनै तातिएको छ ।
हङ्कोङको अशान्ति लगातार ११औँ साता पुग्दा त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ।
प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्‌कङ विमानस्थल पुनस् सञ्चालनमा आएको छ।
मङ्गलवार र बुधबार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्‌कङ विमानस्थलमा चेक इन पूरै स्थगित भयो । मध्यरातभन्दा अगाडि सुरक्षाकर्मी र धर्नामा रहेका प्रदर्शनकारीबीच मुठभेड भयो ।
त्यसपछि धेरै प्रदर्शनकारी बाहिर गए भने झन्डै ३० जनाले विमानस्थलमै रात बिताए । प्रहरीलाई भित्र आउन नदिन प्रदर्शनकारीहरूले बाटो थुनिदिएका थिए ।

एक प्रदर्शनकारीले आफूहरूसँग हतियार भएको अस्वीकार गर्दै भने, ‘यहाँ नारा लागेको छ। मैले त कुनै हतियार देखिनँ। उनीहरू केवल शान्तिपूर्ण रूपमा नाराबाजी गरिरहेका छन्।’ स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट धर्नाकारीलाई हटाउन अदालतले विमानस्थलको अधिकारीहरूलाई अनुमति दिएको छ।

उता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्‌कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन्।
चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ । कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन् । तर बेइजिङसँग हस्तक्षेपका लागि कस्ता कानुनी विकल्प छन् र के उसले साँच्चिकै हङ्कहङमा सैनिक कारबाही गर्ला त हेर्न बाँकी छ । हङ्कचङमा चिनियाँ जनमुक्ति सेनाको उपस्थिति छ । बेसिक ल भनिने हङ्कैङको सङ्क्षिप्त संविधान यसबारे प्रस्ट छ । सो संविधान सन् १९९७ मा यूकेले सो भूभाग चीनलाई हस्तान्तरण गरेपछि लागु भएको हो ।

चिनियाँ सैनिक हस्तक्षेप त्यतिखेर मात्र हुनसक्छ जतिखेर हङ्कयङ सरकारले त्यसका लागि आग्रह गर्नेछ र त्यसको उद्देश्य सार्वजनिक कानुन व्यवस्था कायम गर्न र विपद्‌मा राहत पुर्यानउनू हुनेछ । बेइजिङलाई समर्थन गर्ने हङ्कुङ सरकारले पनि त्यस्तो आग्रह गर्न खोज्ला भन्ने कुरा असोचनीय भएको अधिकांश विश्लेषक ठान्छन् ।

सैनिक बल प्रयोग भए पनि नभए पनि हङ्काङको भूभागमा प्रजातन्त्रवादीहरूलाई हतोत्साही पार्न चिनियाँ सेनाले मार्चपा गरेको तस्बिर उक्त क्षेत्रका निम्ति घातक हुन सक्छ । त्यसले हङ्कोङको अर्थतन्त्र अस्थिर बनाइदिन र अन्तर्राष्ट्रिय आलोचना निम्त्याउन सक्छ ।
सन् १९९७ यता हङ्क ङमा चिनियाँ जनमुति सेनाका झन्डै पाँच हजार सैनिक छन् । चीन अध्येता एडम नी भन्छन् हङ्क ङस्थित चिनियाँ सेनाको ग्यारिसन केवल चीनको सार्वभौमिकताको प्रतीकको रूपमा राखिएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्