मेयरले चुनावी वाचा पूरा नगरेपछि महिलाको कपडा लगाएर स्थानीयले शहर घुमाए


 


काठमाडौं चुनावको बेला दिइएको वचन पूरा नगरेपछि सरोकारवाला नागरिकले मेयरलाई महिलाको कपडा पहिऱ्याएर शहर घुमाएका छन् । घटना दक्षिण मेक्सिकोको हो । ह्युस्टन प्रान्तका मेयर जेवियर जिमेनेजले शहरमा खानेपानीको राम्रो प्रबन्ध गरिदिने वाचा गरेर मेयरको चुनाव जितेका थिए ।

तर, वचन दिन जति सजिलो हुन्छ, त्यसलाई पूरा गर्न उत्तिकै कठिन पर्छ भन्ने हेक्का नराखेर चुकेका मेयरलाई जनताले त्यसै छोडेनन् । गर्न नसक्ने काम गर्छु भन्न हुन्न भन्ने सन्देश प्रवाहित गर्नका लागि जनताले गजबको उपाय अपनाए । मेयर जिमेनेजलाई महिलाको वस्त्र पहि¥याइयो र हातमा एउटा थैली थमाएर शहरभरि घुमाइयो ।

महिला–भेषमा रहेका मेयरलाई सडकमा भेटिएका दाताहरूसँग पानीको व्यवस्था गर्न भन्दै थैलीमा भिख थाप्न बाध्य तुल्याइएको थियो । पानी व्यवस्थापनको बजेटमा घोटाला गरेको अभियोगसमेत खेपेका मेयरलाई चार दिन जनताले बन्दी बनाएर सास्तीसमेत दिएका थिए । आफ्नो वाचा पूरा नगरे शिर मुडेर शहर घुमाउने चेतावनीसमेत ती मेयरलाई नागरिक तहबाट दिइएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्