विवाहकाे रिसेप्सनमा आत्मघाती बम हमला


 


एजेन्सी । अफगानिस्तानको राजधानी काबुलशहरको शिया बहुल क्षेत्रमा हिजो भएको एक आत्मघाती बम हमलामा दर्जन भन्दा बढी मानिसको मृत्यु भएको आशंका गरिएको छ । एक विवाहको रिसेप्सनका क्रममा हमला भएको बताइएको छ ।

त्यहाँका सञ्चार माध्यमले जनाए अनुसार घटना रिसेप्सन हलमै भएको र आत्मघाती हमदा गर्ने व्यक्ति आफु बमसँगै उडेको प्रत्यक्षदर्शीले बताएको जनाएका छन् । अफगानिस्तानको गृहमन्त्रालयले समते घटनामा दर्जनबढीको मृत्यु भएको जनाएको छ ।

अफगानिस्तान ठुला हमला बारम्बार हुँदै आएका छन् । यसअघि एक प्रहरी चौकीलाई निशाना गरेर भएको ट्रक बम हमलामा १४ को मृत्यु भएको थियो भने १५० भन्दा बढि घाइते भएका थिए । त्यसको जिम्मा तालिबानले लिएको थियो ।

तालिबान र अमेरिका अफगानिस्तानमा युद्ध समाप्त पार्न जुटेका बेला समेत यस्ता घटना बाहिर आइरहेका छन् । एजेन्सीले जनाउँदै आए अनुसार तालिबान र अमेरिका शान्ति सम्झौताको तयारीमा रहेका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्