अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती विस्फोट, कैयनको मृत्यु भएको आशंका



काठमाडौं । अफगानिस्तानको एक विवाह हलमा गएराति पौने ११ बजे आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा धैरै नै कैयन हताहती भएको बताइएको छ । विस्फोटमा घाइते भएका २० जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।

अन्तर्राष्टिय समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको जनाएको छ । उनीहरुले घटनास्थलमा शव देखेको पनि जनाएका छन् ।
अफगानिस्तानमा सयौंको संख्यामा हलमा भेला भएर विवाह गर्ने परम्परा छ । विवाह समारोहमा पुरुष र महिला तथा बालबालिकालाई फरक फरक ठाउँमा राख्ने गरिन्छ । बीबीसीका अनुसार पुरुष बस्ने ठाउँमा विस्फोट गराइएको हो । विस्फोटको २० मिनेटसम्म विवाह हल धुवाँको मुस्लोले भरिएको थियो ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News