भाेजपुरमा अनिश्चितकालीन यातायात बन्द


 


भोजपुर, असार १४

सडक बनाउने ठेकेदारकाे चरम लापर्बाहीका कारण सडक अवरूद्द भएको भन्दै भाेजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त वस व्यवसायी सङ्घले असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै आजदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो ।

सङ्घले बिरामी बोकेका साधनबाहेक सबै सवारीसाधन बन्द गरेको छ । सङ्घका अध्यक्ष गोपाल तामाङका अनुसार वर्षातकाे कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुृर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभाबी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको जनाए।

व्यवसायीको अनिश्चितकालीन यातायात बन्दका कारण भोजपुरबाट अन्यत्र जाने यात्रु त मारमा परेका छन भने  बिरामीले सास्ती वेहाेर्नु परेकाे छ । यता प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनःसञ्चालन गर्न तत्काल पहल गर्ने बताए ।

प्रकाशित मिति: १४ असार २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्