जंगली च्याउ खाँदा भाेजपुरमा एकै परिवारका पाँच बिरामी



chyauभोजपुर, असार १५

भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका छन् ।

बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरु सिकिस्त बिरामी परेका थिए । बिरामी भएपश्चात् उनीहरुलाई छिमेकीले जिल्ला अस्पताल भोजपुर ल्याएका थिए । साबित्राको स्वास्थ्यमा केही सुधार नभएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । छोराछोरीहरु भने उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News