शिशु हत्या आरोपमा भोजपुरमा महिला पक्राउ



भोजपुर, १६ असार

आफँैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् । अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी ४० वर्षीया मैयाँ तामाङलाई प्रहरीले पक्राउ गरी बुधबार सदरमुकाम ल्याएको छ ।

पाँच वर्षअघि श्रीमान्को मृत्यु भएर एकल जीवन बिताउँदै आएकी मैयाँले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई असार ९ गते हत्या गरेकी थिइन् । हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् ।

मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन् । मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।

मृतक नवजात शिशुको शवपरीक्षण बुधबार जिल्ला अस्पताल भोजपुरमा भएको छ । अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो । आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News